iBet uBet web content aggregator. Adding the entire web to your favor.
iBet uBet web content aggregator. Adding the entire web to your favor.



Link to original content: https://web.archive.org/web/20230407132426/https://www.paryatanbazar.com/archives/4778
स्वदेशी तथा विदेशी पाहुनाको प्रमुख आकर्षणको गन्तव्य , बौद्धनाथ स्तुपा - ParyatanBazar.com
The Wayback Machine - https://web.archive.org/web/20230407132426/https://www.paryatanbazar.com/archives/4778

स्वदेशी तथा विदेशी पाहुनाको प्रमुख आकर्षणको गन्तव्य , बौद्धनाथ स्तुपा

पर्यटन बजार२४ कार्तिक २०७६, आईतवार मा प्रकाशित

स्वदेशी तथा विदेशी पाहुनाको प्रमुख आकर्षणको गन्तव्य , बौद्धनाथ स्तुपा

कात्तिक २४ ,काठमाडौँ। बौद्धनाथ स्तुपा स्वदेशी तथा विदेशी पाहुनाको प्रमुख आकर्षणको गन्तव्यमा पर्छ ।बौद्धनाथ काठमाडौं शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप तथा तीर्थस्थल हो । यो स्तूप नेपालको सबैभन्दा ठूला गोलाकार भएको स्तूप हो ।सन् १९७९ देखि बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्र रहेको छ। स्वयम्भूनाथ सँग सँगै बौद्धनाथ पनि काठमाडौको सबैभन्दा बढि पर्यटकहरूले हेर्ने स्थान मध्ये एक रहेको छ। विशेष गरी यस चैत्यको इतिहास प्राचीन तिब्बती बौद्ध सम्प्रदाय अथवा ञिङमा सम्प्रदाय साथ सम्बन्धित भएकोले यसको बारे ञिङमा सम्प्रदायको धर्म इतिहास तथा लेख रचना र ग्रन्थहरूमा व्याख्या गरिएको पाईन्छ।

बौद्धनाथ स्तूप पशुपतिनाथको मन्दिरबाट करिब दुई किलोमिटर पूर्वतिर छ। यो स्तूप तीन तहयुक्त विशाल मण्डलाकार पेटीमाथि निर्माण गरिएको छ। स्तूपको गर्भ यो मण्डलाकार पेटीको मुनि छ। तल्लो पेटीको वरिपरि प्रार्थना चक्र राखिएका छन्। स्तूपको गर्भको वरिपरि एकसय आठ वटा तारा, लोकेश्वर आदि तान्त्रिक बौद्ध देवदेवीका ससाना प्रतिमा छन्। बौद्धनाथको गर्भमाथि त्रयोदश भुवन र अझ माथि छत्र तथा गजुर राखिएको छ। स्वयम्भूका झैं आँखा र चिह्न पनि छ। बौद्धनाथका त्रयोदश भुवन माटोको प्रयोग गरी चतुष्कोणकार स्वरूपमा बनाइएका छन्।

बौद्धनाथको पौराणिक कथा
बोधिसत्त्व अवलोकितेश्वर द्वारा दुई थोपा आँसुको प्रणिधान
यस स्तूपको निर्माण आरम्भ ज्यजीमा (कुखुरा गोठाल्नी) देछोग ले गरेका थिए, जसको कथा श्रुतिमुक्ति नामक ग्रन्थ अनुसार यस प्रकार रहेको छ। अप्रमेय असंख्य कल्पको पहिले तथागत अमिताभको सामुन्ने बोधिसत्त्व अवलोकितेश्वरले सम्पूर्ण प्राणीहरू संसारिक दुःखबाट मुक्त गर्नको लागि प्रणिधान गरी अपरिमाण जगतको उदार गरेर पोटल पर्वतको शिखरमा जानुभई अब कुनै पनि प्राणी मुक्ति गर्नु बाँकी रहेन होला भनि अवलोकन गर्दा छ-गतिमा रहेको प्राणीहरू अझै केहि कामी नभएको देख्नुभएर, अब संसारिक सगरबाट प्राणीको उदार गर्न नसकिन्ने भयो भनि अश्रु झर्दै ति आँसुको थोपा लाई औलाले लिएर यी दुई थोपा आँसुले पनि प्राणीको हित र मुक्ति गरुन् भनि प्रणिधान गरेअनुसार, त्रयस्त्रिंशदेव लोकमा शक्र देवेन्द्रको दुइजना पुत्रीमा जन्म भए जसको नाम गङ्मा र गङ्छुङ्मा थिए।

Facebook Comment

छुटाउनुभयो कि?