iBet uBet web content aggregator. Adding the entire web to your favor.
iBet uBet web content aggregator. Adding the entire web to your favor.



Link to original content: http://ne.wikipedia.org/wiki/श्रीलङ्का_राष्ट्रिय_क्रिकेट_टोली
श्रीलङ्का राष्ट्रिय क्रिकेट टोली - विकिपिडिया सामग्रीमा जानुहोस्

श्रीलङ्का राष्ट्रिय क्रिकेट टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्रीलङ्का
टेस्ट मान्यता१९८२
पहिलो टेस्ट म्याचकोलम्बो, श्रीलङ्का, १७-२१ फेब्रुअरी १९८२ मा इङ्ल्यान्ड बिरुद्ध
कप्तानएन्जेलो म्याथ्युज (टेस्ट तथा एकदिवसीय), दिनेश चाँँदीमल (टि-ट्वान्टी)
कोचपाउल फारब्रेक
आधिकारिक आइसीसी टेस्ट, ओडिआईट्वान्टी ट्वान्टी क्रमछैठौ (टेष्ट)
तिन (ओ डि आई)
एक (टि-ट्वान्टी)
टेस्ट म्याच
– यस बर्ष खेलेको टेस्ट म्याच
२२२
गत टेस्ट म्याचबिरुद्ध बङ्गलादेश
टेस्ट म्याचमा जित/हार
– यस बर्ष जित/हार
६६/७६ []
१/१
मिती २५ मार्च,२०१४ सम्मको

श्रीलङ्का राष्ट्रिय क्रिकेट टिम श्रीलङ्काको राष्ट्रिय क्रिकेट टिम हो । यस टिमले आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट म्याच सन् १९२६-२७ मा खेलेको थियो । सन् १९८१ मा श्रीलङ्काले टेस्ट राष्ट्रको दर्जा प्राप्त गरेपछि उसलाई टेस्ट खेल्ने राष्ट्रको सुचिमा ८औ राष्ट्र बनाएको हो । श्रीलङ्काको राष्ट्रिय क्रिकेट टिमले सन् १९९६ को एकदिवसीय विश्वकप जिते पश्चात उसको क्रिकेट खेलमा वृद्धि गरेको छ । सन् १९९० को दशकमा उसले सुरुवाती सफलता प्राप्त गरेको थियो, त्यसपछि श्रीलङ्का राष्ट्रिय क्रिकेट टिमलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलियो टिमको रूपमा चिनिने गरेको छ । श्रीलङ्का क्रिकेट टिमले सन् २००७ र २०११ को एकदिवसीय क्रिकेट विश्वकपमा लगातार फाइनलमा पुग्न सफल भएको छ । तर उसले दुवै अवसरमा उप-बिजेताको रूपमा चित बुझाएको छ । श्रीलङ्काको तर्फबाट सनथ जयसूर्या, अरविंद डिसिल्वा, माहेला जयवर्धने र कुमार संगकाराको ब्याटिंग तथा मुथैया मुरलीधरन, चामिंडा वास र लासिथ मलिंगाको बलिंगले टिमलाई बलियो रूपमा चिनिने गरेको छ , हाल आएर अन्य प्रतिभाशाली क्रिकेट खेलाडीले बितेको दुई दशकमा यिनीहरूको स्थान लिंदै आएको छ । श्रीलङ्काले सन् १९९६ को एकदिवसीय क्रिकेट विश्व कप जितेको छ भने सन् २००२ मा भएको आईसिसी च्याम्पियन्स ट्रफी (भारत संगै च्याम्पियन), सन् २००७ र सन् २०११ को एकदिवसीय क्रिकेट विश्व कपमा लगातार दोश्रो स्थान प्राप्त गरेको छ , र सन् २००९ र २०१२ को आईसिसी वर्ल्ड टि-ट्वान्टीमा पनि दोश्रो स्थान प्राप्त गरेको छ । श्रीलङ्का क्रिकेट टिमले वर्तमानमा क्रिकेटको सबै क्षेत्रमा राम्रो प्रदर्शन गर्दै कयों विश्व रेकर्ड कायम गरेको छ। सन २०१४ मा बङ्गलादेशमा भएको ICC world champain को उपाधी चुम्न सफल भएका श्रीलङ्काले फाइनलमा भारतलाई हराएको थियो ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]